देश पृयासंग देशका कुरा

4172_1131144128599_1527139248_30331517_6665147_nदेश पृया (बाँया ) र अष्ट्रेलीयन सुरक्षाविद जोर्डन (दायाँ)

‘समाचार लेखेकाले देश छाडे’ एक्कासी कानमा ठोकिएको यो श्वरले झस्कायो । अष्टेलियन सुरक्षाविद पउल जोर्डनको सुरक्षित रिपोर्टिङ्ग सम्बन्धीको चर्चातिर ध्यान गएन् । समाचार लेखेकै कारण देश छोड्ने बृद्धले मन तान्यो ।
सुनान्दा देशप्रिया, ५७ वर्ष। यीनै श्रीलंकाली पत्रकार समाचार लेखेकै कारण देश छोडेका छन् । ज्यान जोगाउन नेपालमा पुगेका छन् । बाँच्न पाउने अधिकारका लागि कलम चलाउने देशप्रिया आफ्नै बाँच्न पाउने अधिकार लुकाएर हिडिराखेका छन् । जतनले जोगाएका छन् बाँच्ने अधिकार भागि-भागि, लुकीछिपी । बाँच्नकै लागि घर परिवार । साथी भाई । आफू जन्मे हर्ुर्केको परिवेश सबै त्यागेका छन् । देश समेत छोडेका छन् । ‘जीवन सुरक्षित भएन । देश छोडे’ देशप्रिया आफ्नो रामकहानीका पाना पल्टाउन थाले । जसले समाचार लेखेकै कारण देश छोड्नु परेको छ । विरानो देशमा पाहुना बन्नु परेको छ, बाँच्न पाउने अधिकारलाई चौकीदारी गर्न ।
श्रीलंकाली यि बृद्ध पत्रकार अहिले नेपालमा छन् । एक सातादेखि नेपाली गाउँ सहर चहार्दै छन् । गृह युद्ध भोगिरहेको श्रीलंकाको हालखबर नेपाली पत्रकारसंग बाँडिरहेका छन् । आफ्नै देशमा असुरक्षित देशप्रिया नेपाली पत्रकारसंग सुरक्षित रिपोर्टिङ्गको चर्चा परिचर्चामा व्यस्त छन् । उनै देशप्रिया महेन्द्रनगरको स्वीट डि्रम होटलमा मस्तसंग गफिए, दिल खोलेर । केही बाँकी राखेन । देशप्रियाले देश र आफ्नो चिरफार गरे । छेउमा बसेका पत्रकार सुरज भट्टर्राईको सहयोग लिदै कापी किरविराउदै गए, म । ‘पत्रकारिता गरेको २५ वर्षभो । सम्पादक भएर १० वर्षविताए । मानव अधिकारका क्षेत्रमा गत २५-३० वर्षेखि तल्लिन छु’ देशप्रिंयाले गफको श्रीगणेश गरे । उनले समाचार कोर्न थाल्नु भन्दा पहिले सुरु भएको श्रीलंकामा गृह युद्ध झनझन झाँङ्गदिो छ । तैपनि उनको कलमको टार्गेट ‘सुरक्षित पत्रकाररिता र शान्त श्रीलंका’ बनाउनु छ रे ।
स्वीट डि्रमको शान्त टेबुलमा कुहिना अडाएर ‘डि्रम’ देख्न खोजे ‘सुरक्षित पत्रकारिता र शान्त श्रीलंकाको’ देशप्रियाले । तर मेरो आवाजले देशप्रियाका कुहिना उनीतिरै भागे । लामो स्वास लिए, उनले । ‘मुख्यतः श्रीलंकामा पत्रकारलाई मृत्युको डर रहिरहन्छ’ देशप्रियाले थपे ‘मृत्यु, पत्रकारलाई कहिले नछोड्ने सहपाटी भएको छ ।’ कापी, कलम र क्यामरा जस्तै संगसंगै हिड्ने मृत्युले गत तीन वर्षा ३० जना पत्रकारलाई आफूसंगै लगि सकेको छ । श्रीलंकामा गृह युद्ध सुरु भएदेखिको त लेखाजोखा नै छैन, कति पत्रकारले मृत्युसंग लडाइ गर्न छोडे भनेर । अपहरण गरिएका सात जना मध्ये तीन जना वेपत्ता छन् । गिरफ्तार गरिएका २० जना मध्ये ४ जना हिरासतमै छन । देशप्रियाले एकसरो श्रीलंकाली पत्रकारको अवस्था ओकेले । उनी भन्दै थिए मिडिया प्रतिष्ठान माथि भएका आक्रमणको त लेखाजोखा नै छैन् । आगजनी गरिएको छ । कति मिडिया प्रतिष्ठानको त नाम निसान नामेट भएको छ ।
देशप्रियाका दश औला सुस्तरी उनकै कपालमा घुसे । शरिर पछाडी धकेले । तामिल र सिंघालीको मारकाट चलिरहेको उही श्रीलंका पुगे । डर, धाक, धम्कीको त कुनै मापन नै छैन् रे । सयौं पत्रकारलाई दिन दिनै धम्की आउने गर्छ । उनी भन्दै थिए यस्तै धम्की, कुटपिटका विरुद्ध कलम चलाउदा देश छोड्नु पर्यो । देशप्रिया सिंघाली भाषी हुन् तैपनि अल्पसंख्य तामिल भाषीका हकअधिकारका लागि उनले कलम चलाए । तामिलका पक्षमा लडिरहेको ब्रि्रोही एलटिर्टर्ीइले अन्यभाषी र सरकारले तालिम भाषीमाथि गर्ने दमन, हत्या, हिन्सा, बलात्कार जस्ता जघन्य मानवअधिकार उल्लङ्घन तथा हननका घटनामा देशप्रिंयाको कलम कहिले रोकिएन् । गत तीन वर्षा उनी जस्तै कलम चलाउने ३० जना पत्रकारको घाँटी छिनालियो । एलटीर्टर्ीइ र सरकारले गरेका दमनका कम्तिमा ठूला २० घटनालाई देशप्रियाको कलमले उजागर गर्यो । जसको पुरस्कार स्वरुप उनले देश छोड्नु पर्यो । ‘मैले मात्रै हैन, ५० जना सिनियर पत्रकारले ज्यान सुरक्षित नभएपछि श्रीलंका छोडेका छौं ।’ देशप्रि्रयाले भने ।
उनलाई व्रि्रोही एलटीर्टर्ीइबाट ज्यानको खतरा भएको भने पक्कै हैन् । ‘म काम गर्ने कोलोम्बोमा एलटीर्टर्ीइ छदै छैन्’ उनले मसिनो स्वरमा थपे ‘एलटीर्टर्ीइबाट हैन सरकारबाट ज्यानको खतरा भयो ।’ सरकारले गरेको दमन जतिक्कै एलटीर्टर्ीइको हत्याहिंसाको पनि उनले भण्डाफोर गरेका छन् । तैपनि श्रीलंकाली सरकारी अधिकारी र सुरक्षाफौजले ज्यान मार्ने धम्की दिए । आँखा अगाडीनै सहकर्मीको घाँटी रेटिएको, गोलीले छाती छियाछिया पारेको देखेका उनले लामो धम्कीको श्रृखलापछि सुटुक्क देश छोडे । ‘संसारभरी नयाँ वर्षसन् २००९ धुमधामसंग मनाइदै थियो, मैले कोलोम्बो छोडे’ देशप्रियाले घरबाट बाहिरिदाको क्षण सम्झे ‘नयाँ वर्षमनाउन श्रीमती र छोरीहरुले तयार गरेको तयराी कोलोम्बोमै रहृयो ।’ देशप्रियाको गला अवरुद्ध भो । श्रीमती र छोरीहरुलाई सम्झे । दुबै कुहिना टेबुलमा टेकेर गाला हत्केलामा अड्याए । परिवारजन, साथी भाई र देशको मायाले आँसु त्यसै र्झछन् रे देशप्रियाका । मनभित्रको हुटहुटी शान्त पार्न उही ल्यापटपमा औला सलबलाउछन, र्साईवर क्याफेहरुतिर पाईला दगर्ुछन् उनका । र्’इन्टरनेटको सहायताले परिवारसंग भेट गर्छर्ुुुखःसुख बाड्छु’ देश छोडेका देशप्रियाको देश प्रेम उस्तै छ । र्’इन्टरनेटबाटै देशको हालखबर थाहापाउछु, साथीभाईसंग कुराकानी गर्छर्ुुदेशका बारेमा जानकारी लिन्ुछ’ उनी एकहोरो बोले ।
देश बाहिर रहेपनि उनलाई आफ्नो परिवार भन्दा देश कै चिन्ता छ । अन्य श्रीलंकाली जतिक्कै उनको परिवार पनि सुरक्षित छ रे । पत्रकारको हत्या गरे पनि, देश छाड्न परे पनि पत्रकार परिवालाई भने कसैले केही गर्दैन रे । ‘हालसम्म पत्रकारको परिवारमाथि आक्रमण गरिएकेा छैन्’ सयौं पत्रकार मारिएका भएपनि उनका परिवारलाई कसैले केही नगर्ने गरेको बताउर्दै उनले भने ‘मेरो परिवारलाई पनि खतरा छैन् । तर एककिसमको मानसिक तनाव पत्रकार परिवारमा रहिरहन्छ ।’ आफ्नै देशमा असुरक्षित ज्यानलाई अर्कोको देशमा जोगाउन जजिलो नहुदो हो । कति सहज छ त देशबाहिर बस्न – दाहिने हातको चोर औटा टोक्दै देशप्रियाले भने ‘यो एकदमै गाह्रो विषय छ । आफ्नो देश छोडेर अर्को देशमा बस्न मुस्किल हुदोरैछ साह्रै अप्ठ्यारो हुन्छ ।’ उनले धेरै बोल्न सकेनन् ।
नेपाल, भारत लगायतका देशमा बस्दा अलि सजिलो भएको महसुस हुन्छ देशप्रियालाई । तैपनि उनलाई देशबाहिर भएकेामा पछुतो छ । अहिले पनि मानवअधिकारको हनन, प्रेस स्वतन्त्रतामाथिको आक्रमण, अल्पसंख्यकहरुमाथि दमन, हत्या, हिंसाका घटना चलिरहेका छन् । श्रीलंकामा भएको भए त्यस्ता घटनाका विरुद्धमा लेख्न सक्थे, केही गर्न सक्थे जस्तो लाग्छ देशप्रियालाई । ज्यान जोगाए पनि उनी सन्तुष्ट छैन्् ‘मलाई पछुतो लागि रहेको छ । अहिले ति घटनाका विरुद्ध केही गर्न सकिराखेको छैन । श्रीलंकामा भएको भए केही गर्न सक्थे ।’ हात लगाउदा झर्लान जस्ता कपाल दुबै हातले समाते, उनले ।
पत्रकारलाई त जोखिम छ, र्सवसधारणले के गरिरहेका होलान् – कसरी बाँचि रहेका होलान – देशप्रिया थोरै मुस्कुराए । ‘छैन र्सवसाधराणलाई त्यती जोखिम छैन्’ उनले एकै स्वासमा भने ‘पत्रकार र र्सवसाधारणलाई एकै किसमले दाज्न मिल्दैन् ।’ उनी भन्दै थिए श्रीलंकाली जनता दर्ुइ भागमा बाँडिएको छ रे । अल्पसंख्यक तामिल श्रीलंकाली व्रि्रोहीको पक्षमा छन, सिंघाली सरकारको पक्षमा छन । बहुसंख्यक सिंघाली भाषी श्रीलंकाली सरकारले तामिलहरुमाथि कब्जा जमावस भन्ने चाहन्छन । दर्ुइ खेमामा बाँडिएकाले त्यस्तो समस्या छैन । उनी नेपाललाई जातीय खलबलबाट पनि र्सतर्क हुन आग्रह गर्छन् । नयाँ संविधान नबन्दासम्म अप्ठ्यारो हुने आंकलन उनको छ । नेपालमा नयाँ संविधान नबन्दासम्म धर्ैय गर्न नेपाली जनतालाई आग्रह गरे देशप्रियाले । नेपालमा पनि पत्रकारको अवस्था उनलाई ठिक लागेको छैन् । नेपाली पत्रकार संगठित भएपनि र्सतर्क रहनु पर्ने उनको ठम्याइ छ ।
पर्ूव सैनिक त भए, पउल जोर्डनलाई के थाहा, कस्तो भलाकुसरी भइरहेको छ भनेर – पउलले फेरी बखान सुरु गरे । गफ छोट्याउन पत्रकार सुरज भट्टर्राईको निर्देशन आयो । देशप्रिया दिल खोलेर कुरा गरिरहेका थिए । उनको अनुहारमा प्रवासको पीडा सहजै पढ्न सकिन्थ्यो । श्रीलंका फर्केर जनाताका पक्षमा, प्रेस स्वतन्त्रताका पक्षमा शान्त श्रीलंकाका पक्षमा कलम चलाउने जागर सेलाएको छैन् देशप्रियाको । यति उदाहुदै पनि उनी श्रीलंकामा शान्ति स्थापना हुनेमा ढुक्क छैनन् । ‘यो भन्न कठिन छ । सरकार युद्ध जितिसक्न लागेको दावी गर्दैछ । पर्ूण्ा रुपमा सकिदैन, सकिने स्थिती छैन् । श्रीलंकाली सरकारले भनेजस्तो युद्ध सकिएपनि गुरिल्ला युद्ध चलिरहने छ । युद्ध सकिएला तर हिंसा हत्याका घटना रोक्न सहज छैन्’ देशप्रिया गम्भीर भएर बोले । उनले पुछारमा थपे ‘सबै किसमको युद्ध सकिएला, समस्याको समाधान होला भन्ने म सोच्दिन् ।’
देशप्रियाको निराशा भित्र आशाको धिपधिपे दिप जलिरहेकै छ । मैले पनि नेपालीको तर्फाट श्रीलंकामा शान्तिस्थापनाको शुभेच्छा प्रकट गरे । सुरक्षित हुने गरी छिट्टै श्रीलंका फर्किन सक्ने वातावरणको बनोस भन्ने कामना गरे । ‘थ्याङ्क्स’ देशप्रिंयाका ओठले बिट मार्यो । आसु झार्न नसकेका उनका आँखाले नियाले, हल्का मुस्कुराए । सेताम्य कपालसंगै टल्केका दाँतले सगरमाथालाई समेत गिज्यायो । म एकटकले हेरिरहे, सुटुक्क बाहिर निस्क्यो, कोलोम्बोको आफ्नै कोठाबाट निस्के जसरी, देशप्रिया ।

This entry was posted in bachu@pen. Bookmark the permalink.

Leave a comment